News , Province

हुम्लामा हिमपातले परीक्षार्थीलाई समस्या

Thu Feb 13

काठमाडौं, माघ ०८:हुम्लामा लगातारको हिमपातले एसइईको परिक्षाको तयारीमा रहेका विद्यार्थिलाइ अप्ठेरो परेको छ । हिमपातसंगै अत्याधिक चिसो बढेकाले समस्या परेको हो । हुम्लामा मंसिर महिना यतामात्र पाँचौँ पटक हिमपात भई सकेको छ । चिनको सिमासंग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा भारि हिमपात भएपछि एक गाउँबाट अर्को गाउँ आवतजावतमा समस्या भएको छ । नाम्खा गाउँपालिकाको जाङ,तिल,हल्जी,यारी, मुचु, याल्वाङ र चाला गाउँहरु बढि प्रभावित छन् । यसैगरी पाँच सय किलोवाट क्षमताको हिल्दुम साना जलविद्युल आयोजनाले दैनिक ८ घण्टा लोडसेटिङ्ग गरेपछि जिल्ला सदरमुकाम सिमकोटमा विद्युत सेवा समेत प्रभावित छ । यसैबीच गत पुस १७ गते रातिबाट नेपाल टेलिकमका सम्पुर्ण सेवाहरु अवरुध्द भए देखि मुगु बेला बेला संचार सम्पर्कबाट बिच्छेद हुदै आएकाले सर्व साधारणहरुलार्इ अत्यन्तै शास्ति झेल्नु परेको छ । हिमपात र बर्षा संगै आइको चट्याङले कालिकोट र दैलेख जिल्लाको सिमानामा रहेको नेपाल टेलिकमको रिले टावरमा पुर्ण क्षेति पुर्याए पछिमुगु र हुम्ला संचार बाट विच्छेद हुने गरेका छन् ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्