News , Province

हिमपहिरोमा परेका ७ जना अझै बेपत्ता

Mon Jan 20

काठमाडौं, माघ ०६:अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा हिमपहिरोमा परेर बेपत्ता भएकाहरुको अवस्थाका बारेमा अझै पत्ता लाग्न सकेको छैन । दुर्घटनास्थल तथा त्यसको आसपासमा मौसम खराब भएका कारण खोजी गर्न समेत कठिनाइ भएको छ । गत शुक्रबारदेखि ३ नेपाली र ४ कोरियन गरी ७ जना बेपत्ता छन् । खराब मौसमका कारण पैदलयात्रीहरुसमेत घटनास्थलमा जान नसकेको ट्रेकिङ एजेन्सि एशोसिएन अफ नेपाल (टान) पोखराले जानकारी दिएको छ । कुनैपनि संस्थाको अनुमति नलिईकन अन्य पदयात्रीहरु पनि त्यसतर्फ गएको हुनसक्ने आशंका समेत टान पोखराले गरेको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्