News , Politics

राजकुमार ह्यारी नयाँ जीवनको शुरुवातका लागि क्यानडामा

Thu Feb 13

काठमाडौं, माघ ०८:बेलायती राजकुमार ह्यारी नयाँ जीवनको शुरुवातका लागि क्यानडा पुग्नु भएको छ । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गर्नुभएको थियो । ह्यारी पत्नी मेगन छोरा आर्चीसँग केही समय अघि देखि नै क्यानडामा रहँदै आउनु भएको थियो ।  उहाँहरूले क्यानडा र बेलायतमा समय बिताउनु हुनेछ । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ । लण्डनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताउनु भयो । आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले बेलायत आफ्नो घर भएको र आफूले माया गर्ने ठाउँ रहेको बताउँदै यो कहिले पनि परिवर्तन नहुने धारणा राख्नु भयो । साथै बेलायतमा उहाँहरु रहँदै आएको घर फ्रोग्मोर कटेज पुननिर्माणका लागि खर्च भएको २४ लाख पाउण्ड फिर्ता गरिने पनि बताइएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्