Business , News

रसुवा भन्सारबाट ७ अर्ब ३३ करोड राजस्व संकलन

Thu Feb 13

काठमाडौं, माघ ०८:रसुवा भन्सार कार्यालय टिमुरेले आर्थिक बर्ष ०७६/७७ को छ महिनाको अबधिमा वार्षिक लक्ष्यको ७८ प्रतिशत राजस्व संकलन गरेको छ । यो वर्ष ९ अर्ब ३५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यलयले पुस मसान्तसम्ममा ७ अर्ब ३३ करोड राजस्व संकलन गरिसकेको छ । पुस मसान्त सम्ममा भन्सार कार्यालयले ५ अर्ब १४ करोड भन्सार राजस्व उठाउने लक्ष्य लिएको थियो । तर कार्यालयले लक्ष्यभन्दा ४२ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ । केही समययता नेपालबाट चीन जाने तथा चीनबाट नेपाल ल्याइने खाद्य वस्तुहरु भने रोकिएका छन् । खाद्य वस्तुहरुमा लगाइने लेभलिङ को विषयमा कुरा नमिलेपछि ती वस्तुहरुको आयात निर्यात बन्द गरिएको हो । नेपाल उपभोक्त संरक्षण ऐन अनुसार नेपाल आयात हुने सबै सामानमा नेपाली र अंग्रेजी दुबै  भाषामा लेभलिङ गर्नु पर्ने व्यवस्था छ । तर चीनबाट आउने सामानमा भने चीनियाँ भाषामा मात्र लेभलिङ भएको पाइएपछि नेपालले चीनियाँ सामान आयातमा रोक लगाएको हो । नेपालले चीनिया सामानको आयात बन्द गरे पछि चीनले पनि नेपाली खाद्य वस्तु लैजान बन्द गरेको छ । नेपालबाट पिठो, चाउचाउ, विस्कुट लगायतका खाद्य सामाग्री चीन जाने गरेको थियो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्