News , Province

बेसक्याम्पमा हराएकाको खोजी गर्न सरकारसँग टानको आग्रह

Mon Jan 20

काठमाडौं, माघ ०६:  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले अन्नपूर्ण बेस क्याम्पमा बेपत्ता भएका नागरिकको चाँडो खोजी गर्न सरकारलाई आग्रह गरेको छ । टानले एक विज्ञप्ति जारी गर्दै हिमपहिरोमा परेर  हराइरहेका चारजना कोरियाली र तीनजना  नेपाली नागरिकको खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरेको हो । टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार टानले सम्पर्कविहीन पदयात्रीको चाँडो खोजी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कास्की जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण गाउँपालिका, नेपाल प्रहरी र पर्यटक प्रहरीलाई आग्रहसमेत गरेको छ । खराब मौसमका कारण कोरियाली नागरिक जोङ पिल बोङ, लि मिन सु, चोइ ह्योवन र किम शोक्जा तथा नेपाली सरोज परियार, छिरिङ भोटे र मीनबहादुर लामा हराइरहेका छन् । हिमपहिरोमा परेका १३० जना पदयात्रीहरुको भने सकुशल उद्धार गरिएको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्