News , Province

त्रिभुवन आर्मी क्लबलाई मनमोहन मेमोरियल क्रिकेटको उपाधी

Sun Jan 19

काठमाडौं, माघ ०५:विभागीय टोली त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल एमएमकप एकदिवसीय राष्ट्रिय क्रिकेट  प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । इनरुवा रंगशालामा आर्मीले दिएको १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस २४ ओभर ४ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो । बलिङ तर्फ आर्मीका सुशन भारीले ४ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १८४ रन बनाएको थियो । आर्मीको लागि कप्तान बिनोद भण्डारीले ४० रन बनाए । यस्तै राजेश पुलामीले ३१ रन जोड्दा राजु रिजालले २२ रन बनाए । उपाधिसँगै आर्मीले ४ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्