Business , News

एकीकृत जाँच चौकीको शुभारम्भ

Tue Jan 21

काठमाडौं, माघ ०७:प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।

यसैबीच एकीकृत भन्सार जाँचचौकी उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेद्र मोदीलाई नेपाल भ्रमणको निम्ता पनि दिनुभयो ।  भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणालाई स्वीकार गर्दै अनुकुल मिलाएर नेपालको भ्रमण गर्ने बताउनुभएको थियो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्