News , Politics

इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई १३ वर्ष जेल सजाय

Mon Feb 3

काठमाडौं, माघ ०८:घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि मङको अवस्थाबारे सर्वत्र चासो व्यक्त गरिएको थियो । तर पछि चीन सरकारले भ्रष्टाचारको आरोपमा मङलाई पक्राउ गरिएको पुष्टि गरेको थियो । चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका पूर्व इन्टरपोल प्रमुख मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अदालत समक्ष स्वीकारेको चीनले बताएको छ । मङले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गर्नुका साथै परिवारको निकै खर्चालु जीवनशैलीका लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको छ । मङलाई पदीय मर्यादा विपरित घुस लिएको आरोपमा अदालतले १३ वर्ष छ महिना जेल सजाय गर्नुका साथै दुई लाख ९० हजार अमेरिकी डलर बराबरको जरिवाना तोकेको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्