News , Politics

आठौं चरणका खेल आजबाट शुरु हुँदै

Thu Feb 13

काठमाडौं, माघ ०८:शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आठौं चरणका खेल आजबाट शुरु हुँदैछ । आज हुने एकमात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब मच्छिन्द्र क्लवका विरुद्ध खेल्दैछ । उक्त खेल दशरथ रंगशालामा दिउँसो ३ बजे हुनेछ । सातौँ चरणका खेलहरू सकिँदासम्म त्रिभुवन आर्मी क्लब १६ अंक सहित शीर्ष स्थानमा छ । समान १३ अंक जोडेका मछिन्द्र र मनाङ गोल अन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । एनआरटी, थ्री स्टार, नेपाल पुलिस क्लबको समान ११ अंक रहेको छ । गोल अन्तरका आधारमा एनआरटी चौथो, थ्री स्टार पाचौं र नेपाल पुलिस क्लब छैठौ स्थानमा रहेका छन् ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्