News , Sports

आज त्रिभुवन आर्मी र च्यासल क्लव भिड्दै

Mon Jan 20

काठमाडौं, माघ ०६: सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज शिर्ष स्थानमा रहेको त्रिभुवन आर्मीले च्यासल क्लव विरुद्ध खेल्दैछ । ६ खेलमा चारमा जित र एकमा बराबरी खेल्दै १३ अंक बनाएको आर्मी अंक तालिकाको शिर्ष स्थानमा छ । शिर्ष स्थानमा कायमै रहन र प्रतिस्पर्धी मच्छिन्द्र र मनाङ संगको अंक दूरी बढाउने लक्ष्य सहित आज आर्मी मैदानमा उत्रदै छ । यसैगरी लिगकै सर्वाधिक गोलकर्ता सन्तोष साहुखल रहेको टिक च्यासल पनि जीत दर्ता गर्ने लक्ष्य सहित मैदानमा उत्रदै छ । यसैगरी आजै हुने अर्को खेलमा ब्रिगेड व्याइज र सैकटा क्लव भिड्दैछन् ।  लिगमा हिजो भएको खेलमा न्युरोड टिम एनआरटीले विभागीय टोली एपीएफ क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै ३ अंक प्राप्त गर्यो । एनआरटीका लागी आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक एक गोल गरे । २-२ को बराबरीमा भएको अवस्थामा ८५ औं मिनेटमा दर्शन गुरङले निर्णायक गोल गरे । खेलमा एनआरटीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए । जितसँगै ७ खेलमा ११ अंक जोडेको एनआरटी लिगको चौथो स्थानमा उक्लिएको छ । यसैगरी हिजै भएको अर्को खेलमा अंक तालिकाको पुछारमा रहेको सरस्वतीलाई प्रेण्डुस क्लवले ४-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्